काठमाडौं, कात्तिक १९ – चाडपर्वको बेला सीमामा चोरी तस्करी नियन्त्रणका लागि झापाको प्रहरीले गस्ती बढाएको जनाएको छ ।
प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट १४ लाख बराबरको भन्सार छलेर भित्राइएका सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको कुर्था, तन्ना, ढाका कपडा, थान कपडालगायत सात लाख २१ हजार ७०० को सामान पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज मेची भन्सार कार्यालयमा दाखिला गरेको छ ।
FACEBOOK COMMENTS