अन्जनराज न्यौपाने तनहुँ, ०८ असार -जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएको छ। तनहुँमा प्रहरी प्रमुखको हैसियतमा प्रहरी उपरीक्षक सिलवालले जिल्लाको शान्ति सुरक्षालाई पुर्ण मर्यादित एवम जिल्लावासीलाई भयरहित वातावरण सृजना गराई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन सफल भएका थिए । सेवामा अहोरात्र खटिई आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्न उनी सफल रहेको पाइण्छ । विभिन्न समयमा जिल्लामा भए गरेका घटनाहरु हत्या ,हिंसा,बलात्कार ,आतंक,लुटपाट र चोरीपैठारी तथा लागू औषध ओसारपसार गर्ने गराउने गिरोहहरु, विभिन्न अपराधमा संलग्न रहि फरार रहेका अभियुक्तहरुलाई तुरुन्त नियन्त्रणमा लिएर कार्वाही गर्न प्रहरी प्रमुख सिलवाल सफल भएका थिए ।
उनको कार्यकालमा घरेलु मदिरा नियन्त्रण, प्रतिबन्धित विप्लव समूह बिरुद्धको कारवाहीमा केन्द्र ,जिल्ला स्तरका नेताहरु पक्राउ, अवैध हातहतियार तथा खरखजाना बरामद भएका छन् । उनले समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १सय बढी विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमहरु गर्न सफल रहे। ट्राफिक कारवाहीबाट १ करोड २२ लाख ७५ हजार ५०० सय रुपैयाँ राजश्व संकलन भएको प्रमुख सिलवालले जानकारी गराएका छन् ।
प्रहरीको मनोबल उच्च बनाउनको लागि निरन्तर प्रहरी परिसरमा ब्याडमिन्टन खेलकुदको ब्यबस्था, विभिन्न स्कुलमा प्रहरीसंगको कार्यक्रमहरु उनले गरे भने बृक्षारोपण , सरसफाई कार्यक्रम, परोपकार, उद्धार , प्रहरीहरुको बढुवाको कार्यक्रम ,अनलाइन ठगि गर्ने ठूलो गिरोहलाई तनहुँमा रहेर उनले निस्तेज पार्न सफल भए ।
यसै गरि उनको कार्यकालमा कोरोना भाइरसको महामारीमा समेत सावधानीपूर्वक प्रहरीको स्वास्थ्यको ख्याल गर्दै अपराध अनुसन्धान एवम कानुन कार्यन्वयनमा कर्मठ देखिए । उनको नेतृत्वमा प्रहरीको साथी म अभियान, हात धुने कार्यक्रम , कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम, जिल्ला प्रहरी कार्यलय भित्रै सेनिटाइजर बुथको व्यवस्थापन , लकडाउन उलङघन गर्नेलाई कार्वाही लगायतका महत्वपूर्ण कार्यसम्पादन भएका छन ।
जिल्लामा प्रहरीको नेतृत्व सम्हाल्दै गर्दा विभिन्न समयमा पत्रकार सम्मेलनगर्दै प्रगति विवरण सार्वजनिक गर्ने उनले कुशलता प्रदर्शन गरे । उनको कार्यकालमा ईलाका प्रहरी कार्यलयहरु भानु,चंद्रावती,थर्पु जिल्ला प्रहरी कार्यालय परीसर भित्र जुनियर प्रहरी र जवान ब्यारेक, मेष, हिरासत सुविधा सम्पन्न कक्ष निर्माण गरिको छ भने गण्डकी प्रदेश सरकारको सहयोगमा ईप्रका बंदिपुरमा प्रहरी चौकी निर्माण गरिएको छ । यस माझमा नै जिल्लाको दक्षिण भेग घिरिङमा पनि इलाका प्रहरी चौकी स्थापना भएको छ । प्रहरी प्रमुख सिलवालले सामुदायिक सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र नागरिक अव्यवस्थाको व्यवस्थापन गराउन सक्षम हुदै अब्बल एसपीको छाप छोड्न सफल भए ।
तनहुँमा रहदा एसपी सिलवालले जिल्लाको शान्ति सुरक्षामा हरदम दत्तचित्त भएर लागिनै रहे। तनहुँवासी माझ आफूलाई सरल,स्पष्ट प्रखर बक्ता, हरेक पिडितहरुलाई न्याय दिलाउन सक्षम कुशल प्रहरी प्रशासकको रुपमा उपरीक्षक सिलवाल स्थापित छन् । तनहुँको आफ्नो एक सफल कार्यकाल सकि्एपछि कास्की सरुवा भए सगै सोमबार उनलाई विदाई गरिएको छ ।
यसैगरी सोही कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेको पनि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा सरुवा भएको छ भने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की सरुवा भएको छ ।
FACEBOOK COMMENTS