काठमाडौं, साउन २३ । प्राइम कमर्सियल बैंकको बुधबार विशेष साधारण सभा सम्पन्न गरेको छ । प्राइमले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सभाबाट पारित भएको छ । सभाले १०० कित्ता बराबर ७१.५ कित्ता स्वापमा कन्काई विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।
डिडिए प्रतिवेदनमा १०० बराबर ६५.६३ दिने सहमत भएपनि सहमतिमा १० प्रतिशतसम्म बढाउन पाउने व्यवस्था अनुसार ५.८७ प्रतिशत थप स्वाप रेसियो दिन प्राईम सहमत भएको हो । कन्काई प्राप्तिपश्चात प्राइमको चुक्ता पूँजी ९ अर्ब ६८ करोड र ९४ शाखा संख्या ९४ पुग्नेछ ।
कैलाश विकास बैंक तथा ललितपुर फाइनान्सलाई पनि प्राप्ती गर्ने प्रकृयामा रहेको प्राइम बैंकले कात्तिकभित्र दुबै स.स्थालाई प्राप्ती गर्ने लक्ष्य लिएको छ ।
FACEBOOK COMMENTS