काठमाडौं, माघ १९ – प्राइम कमर्सियल बैंकको मुनाफा बढेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ३० करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही समयमा बैङ्कको नाफा १ अर्ब ६ करोड थियो । बैंकको नाफा अघिल्लो बर्ष सोही अवधिको तुल्नामा २२.६२ प्रतिशत बढी हो ।
बैङ्कले पुस मसान्तसम्ममा ८० अर्ब ३५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः ३ अर्ब र ९ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैङ्कको निक्षेप करिब ७७ अर्ब र कर्जा ७२ करोड रुपैयाँ थियो ।
खुद ब्याज आम्दानीमा वृद्धि हुँदा बैंकको कुल संचालन आम्दानी र संचालन मुनाफा पनि बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड ४५ लाख संचालन मुनाफा आर्जन गरेको बैकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ८५ करोड ३८ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्त सम्ममा ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ३ अर्ब १९ करोड ६७ लाख ३१ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा २ अर्ब ४६ करोड ११ लाख १७ हजार छ भने शेयर प्रिमियममा ६ लाख ४४ हजार रहेको छ ।
प्राइम कमर्सियल बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानीमा उल्लेख्य र ब्याज खर्चमा सामान्य वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब ८१ करोडबाट बढेर ५ अर्ब ४८ करोड पुग्दा ब्याज खर्च ३ अर्ब ४ करोडबाट ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । ६ महिनामा बैङ्कको कर्मचारी खर्च अघिल्लो वर्ष ३५ करोड ५२ लाख रहेकोमा यो वर्ष ४८ करोड ९६ लाख रुपैयाँ पुगेको हो । अन्य सञ्चालन खर्च करिब १३ करोड बढेर १८ करोड पुगेको छ ।
बैंकको खराब कर्जा गत वर्षको दोस्रो त्रैमासमा १.५८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा सामान्य सुधार भएर १.४५ प्रतिशतमा झरेको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७६.५४ प्रतिशत रहेको छ । पुँजीकोष अनुपात १३.२३ प्रतिशत रहेको बैंकको कोषको लागत ७.६५ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.११ प्रतिशत र आधार ब्याजदर ९.४५ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५८ रुपैयाँ ४१ पैसा र मुल्य आम्दानी अनुपात ९.६८ गुणा रहेको छ ।
FACEBOOK COMMENTS