काठमाण्डौँ — सरकारले प्राथमिकताका आधारमा मात्रै परियोजनाको छनोट गरी कार्यान्वयन गर्ने प्रणालीको शुरुआत गर्न लागेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले प्राथमिकताका आधारमा परियोजना छनोट गर्ने र कार्यान्वयनलाई तीव्र पार्ने निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारको प्राथमिकताका आधारमा मन्त्रालयअन्तर्गतका काम अघि बढ्नुपर्ने बताए ।
उनले विगतको जस्तो हचुवाका भरमा योजना छनोट गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने तथा सरकारको प्राथमिकता र मन्त्रालयले जारी गरेको श्वेतपत्रअनुसार काम अघि बढाउन निर्देशन दिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS