काठमाडौँ — राष्ट्र बैंकले तोकेको सीमामा कृषि ऋण विस्तार बैंकहरूले थप ६ महिना समय पाएका छन् ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाअनुसार कृषिलगायत प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको न्यूनतम सीमा पुर्याउन बैंकहरूलाई यस समय दिइएको हो ।
त्यही व्यवस्थाअनुसार प्राथमिकता प्राप्त क्षेत्रमा ऋण लगानी गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ ।
नयाँ निर्देशनअनुसार वाणिज्य बैंकहरूले आउँदो पुसभित्र कुल कर्जामध्ये कृषिमा न्यूनतम १० प्रतिशत र उर्जा तथा पर्यटनमा न्यूनतम १५ प्रतिशत लगानी गर्नुपर्नेछ ।
नयाँ व्यवस्थाअनुसार बैंकहरूले निर्यात, साना तथा मझौला, औषधि उत्पादन, सिमेन्ट र गार्मेन्ट उद्योगमा भएको लगानीलाई प्राथमिकता प्राप्त क्षेत्रको ऋणमा गणना गर्ने छुट पाउने छैनन् ।
– कान्तिपुर
FACEBOOK COMMENTS