काठमाडौं, मङ्सिर २८ – इंगलिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर डर्विबीच भएको खेल गोलरहित बराबरीमा सकिँदा लिग अंक तालिकाको शीर्ष स्थानमा पुग्ने चेल्सीको सपनामा पनि एभर्टन बाधक बनेको छ।
युनाईटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको स्पर्धामा युनाईडेट २०१६ पछि सिटीसँग लगातार सबैखाले प्रतियोगितामा गरी कुल तीन खेलमा अपराजित रहन सफल भयो। त्यस्तै युनाईटेडले तीन खेलमानै क्लीन सिट राख्न सफल भएको १९९५ पछि पहिलो हो।
प्रिमियर लिगको म्यानचेस्टर डर्विमा यो पाँचौ गोलरहित बराबरी हो। ४७ पटक प्रतिष्पर्धा हुँदा पछिल्ला ११ खेलमा तीन पटक गोलरहित बराबरी भएको छ। जारी लिगको अंक तालिकामा आठौं र नवौं स्थानमा रहेको युनाईटेड र सिटीको क्रमश ११ खेलबाट २० र १९ अंक रहेको छ।
शनबारनै भएको अर्को खेलमा चेल्सी भने शीर्ष स्थानमा पुग्ने मौका गुमाउन बाध्य भएको छ। एभर्टन सँग १(० ले पराजत भएपछि चेल्सी तेस्रो स्थानमा कायम रह्यो। चेल्सीको १२ खेलमा २२ अंक हुँदा शिर्ष स्थानमा रहेको टोटनह्यामको ११ खेलबाट २४ अंक छ भने लिभरपुलको पनि समान २४ अंक रहेको छ।
एभर्टनका लागि एकमात्र गोल निर्णायक बन्दा महत्वपुर्ण तीन अंक लिन सफल भयो। गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध पार्न गिल्फी सिगुर्डसनले पहिलो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।
गोडिसन पार्कमा भएको खेलमा सिगुर्डसनले २२औं मिनेटमा पेनाल्टीमार्फत गरेको एकमात्र गोल निर्णायक बन्यो। पेनाल्टी बक्समा गोलरक्षक इडुआर्ड मेन्डीले डोमिनिक काल्भर्ट लेविनलाई फल गरेपछि रेफ्रीले एभर्टनलाई पेनाल्टीको मौका दिएका थिए।
FACEBOOK COMMENTS