काठमाडौं, जेठ ३- कारोबारको दोस्रो दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक १०.३३ अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक २७४८.८३ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ७६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ७४ कम्पनीका १७ हजार ६५२ कित्ता शेयर १ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS