काठमाडौं– निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियलइन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौंवार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४÷७५को वार्षिक प्रतिवेदन सर्वसम्मतपारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको व्यहोरा अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराउनुभयो ।
आ.व. २०७४÷७५माकम्पनीले रु. १६ करोड २२ लाख १५हजार ७ सय ३४ रुपैयाँखुदमुनाफाहासिलगर्न सफलभएको छ ।
यस भन्दा अघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशतहकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चातकम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
FACEBOOK COMMENTS