एउटा भनाइ छ ‘मानिस प्रेममा अन्धो हुन्छ।’ प्रेमका कारण मानिस सही र गलतजस्ता कुरालाई सम्झिन सक्दैन।प्राचीन हिन्दू धर्म ग्रन्थलाई हेर्ने हो भने सबैभन्दा बढी युद्ध प्रेमको निमित्त भएको देखिन्छ।कुनै नरसंहार शान्तिका खातिर भएता पनि त्यहाँ प्रेम पाउनको निम्ती त्याग, तपस्या र युद्ध जस्ता जटिल परिस्थितिहरु अगाडी तेर्साएको देखिन्छ।आधुनिक युगमा समेत प्रेमको महिमा उत्तिकै छ।पश्चिमी संंस्कृतिको भ्यालेनटाईन डे को प्रभावका कारण आजको समाज उद्धेलित छ । जसलाई परिबन्द र सामाजिक विद्रोहको उपज मात्रै हैन प्रेमको उत्सवका रुपमा समेत हेरिदै आईएको छ।
साहित्यकारको सिर्जनामा समेत रचना पूर्व अलेखित प्रेम मुस्कुराउनु पर्छ भनिन्छ।प्रेममा पीडा हुन्छ,धोका हुन्छ प्रेम किन गरिन्छ वा परिन्छ यहीं ठ्याक्कै जवाफ नभएता पनि खुशीलाई नै यसको सदाचार गुण मानिएको हुन्छ।हुनत प्रेममा लिन भन्दा पनि त्याग वा दिने र त्यसैलाई महशुस गर्दाको अनुभुती मानिएको हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मानिस प्रेमको जालमा फस्छन्।अखिरमा किन यस्तो हुन्छ रु पत्रकार बिजय कुमारले खुशी पुस्तकमा गजबले अर्थ्याएका छ्न।उनी लेख्छन आजभोली प्रेमीहरु के भयो भने आपसमा जुट्छन र के भयो भने फुट्छन यसै भन्न सकिन्न।उनि अगाडि थप्दछ्न “प्रेम भनेको अपेक्षा रहित रुपले दिने भाबना र क्रियाको नाम रहेछ।”
प्रेमको सार कुनै कुराप्रतिको आकर्षण मात्रै हो कि अरू केही पनि हो, यो प्रश्न बडो जटिल छ। प्रेम मानिस(मानिसको बीचमा मात्र नभएर मानिस र चराचुरुङ्गी देखी सबै प्रकारका जन्तु जनावर बीचमा पनि रहेको देखिन्छ। लेखक जेरिड डायमन्डको राइज एन्ड फल अफ थर्ड पुस्तकमा चराहरूको रोमाञ्चक प्रेम कहानीको वर्णन गरेका छन्। मजुर किन नाच्छ रु भाले मजुर पोथीलाई आकर्षित गर्नको लागि नै नाचेको हो।यस्तै अरू धेरै उदाहरणहरू छन्। तिनका आफ्नै रोचक कथा र तथ्यहरू छन्।

युवा अवस्थामा बिपरित लिंगी बिचको प्रेम सम्बन्धमा गहिराई र धैर्यतामा उसको पारिवारिक पृष्ठभुमि निकै अर्थपुर्ण रहने अमेरिकी लेखक वैन्फ्रेड ग्रेगरले न्युयोर्क टाइम्समा उल्लेख गरेका छन।सो प्रसंगमा युवा प्रेमको नतिजा राम्रो र नराम्रो उसको शैक्षिक उपजको रुपमा हेरिएको छ।
जैविक र शारीरिक गतिविधिमा प्रेमको मनोवैज्ञानिक आकर्षण रहने गर्दछ।प्रेमको प्रभावमा मस्तिष्कको डोपामाइनले प्रभुत्व जमाएर शक्तिशाली रसायनिक अनुभव गर्दछ भन्ने मनोवैज्ञानिक धारणा रहदै आएको छ।जसका कारण रमाईलो, सन्तुष्टि र खुशी मिल्ने गर्दछ। आनन्द भाव नै प्रेमको अनुपम हो।
युवा अवस्थामा प्रेम कसरी पैदा हुन सक्छ भन्ने कुरालाई निम्न अनुसार मनन गर्न सकिन्छ।
जैविक गुण

शारीरिक र उस्ताउस्तै बानी(व्यवहार भएका स्त्री(पुरुषहरूको बीचमा पनि उत्तिकै आकर्षण हुने मनोवैज्ञानिकहरू बताउँछन्। हरेक क्रियाकलापमा एक अर्का बिचको गुणलाई नजिकैबाट हेरिएको हुन्छ । जसले विगत र वर्तमान बीचको तालमेलबाट भविष्य देखाएको हुन्छ। त्यस कारण सायद यो कुरा ठीक हो भन्ने अन्तर बोधले प्रेममा अंकुश लगाउन उद्धत रहन्छ र सम्बन्धमा सुमधुरता छाउने प्रयास जोडिएको हुन्छ।

२ शारीरिक आकर्षण

स्वभावतःफरक(फरक लिंङ्ग बिचको आकर्षण प्रेमको परिभाषा हो।वर्ण, कद ,शरीर रचना ,हाउभाउ र
मुहार मुस्कानले आकर्षणलाई कम वा बढि तुल्याउँछ ।यसका अलवा भौतिक सयल र अवश्यकताको परिपुरकले पनि नजिक्याएको हुन्छ।हुनत परिस्थिति अनुरुप मीठो मुस्कानले आफ्नो कुरुपतालाई पनि लुकाउँदछ भन्ने तथ्य मनोवैज्ञानिकहरूले पत्ता लगाएका छन्।
सामाजिक परिवेश
समाजमा युवाहरुको मनस्थितिले परिस्थितिलाई सहज बनाउन सघाउ पुर्याई राखेको हुन्छ।समाजमा युवाहरुको उपस्थिती दुई फरक कोणबाट घनिभुत रहन्छ । किनकी, सोचगत उपस्थितीका आधारमा सामान्यतया समाज दुई ध्रुवमा विभक्त रहेको हुन्छ । एकथरीमा परंमपरागत सोच रहेको हुन्छ भने अर्को थरी परिवर्तनकारी सोच राखेका हुन्छन।जब सोचअनुसार एकाआपसमा समायोजन हुने समयोग मिल्छ तब अवसरको रूपमा ग्रहण गर्दछ।
व्यक्तिगत प्रभाव
कुनै पनि उत्सव, कार्यक्षेत्र वा सामाजिक सन्जालबाट एक(अर्काको बीचको सामिप्यता प्रेम संभावनाको दरिलो माध्यम बन्न सक्छ। एकअर्का बीचमा एकप्रकारको आत्मियता पैदा हुने कुरा एक खोजबाट पत्ता लागेको छ। कहिल्यै नभेटेका विपरीत लिङ्गका व्यक्तिहरूको बीचमा आँखा जुधाजुध भएमा पनि यस्तो किसिमको भावना पैदा हुने मनोवैज्ञानिकहरू बताउँछन्।