काठमाडौं, २४ माघ – झापाको शिवसताक्षी नगरपालिकाले सताक्षी प्रेस क्लबको अक्षयकोष स्थापनाका लागि रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ ।
क्लबले करीब रु १० लाखको अक्षयकोष स्थापना गरेर शुरु गरिएको कोषमा नगरपालिकाले उक्त सहयोग दिएको हो । कोषमा योसँगै अहिले रु दुई लाख २० हजार जम्मा भएको छ । नगरपालिकामा पुगेर क्लबमा आबद्ध पत्रकारले कोषसँगै क्लबको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरिदिनसमेत माग गरिएको अध्यक्ष सेलिङ केसीले बताए । शिवसताक्षी क्षेत्रमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारले पाँच वर्षअघि सो क्लब स्थापना गरेका हुन् ।
कमल गाउँपालिकाको लायन्स क्लब केर्खाले आज अति विपन्न एक धिमाल परिवारलाई सहयोग उपलब्ध गराएको छ । ठेला चलाएर गुजारा गरी आएका वडा नं ३ का गणेशबहादुर धिमालको दुई दिनअघि मृत्यु भएपछि विचल्लीमा परेका धिमालका परिवारलाई क्लबबाट सङ्कलित नगद रु १० हजार १०० सहित खाद्यान्न तथा लत्ताकपडा प्रदान गरिएको लायन्स क्लब अफ केर्खाका अध्यक्ष अग्निप्रसाद कोइरालाले बताए ।
FACEBOOK COMMENTS