काठमाडौं, भदौ २५ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) सुरु भएको छ ।
नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङ का उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले गरिँदै आएको एक्स्पो यस पटक पनि गरिएको हो । उक्त एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरे ।
उद्घाटन समारोहमा फर्निचर तथा फर्निसिङका संयोजक रुपेश पाण्डेले देशको अर्थतन्त्रलाई दरिलो बनाई व्यापार घाटा न्युन गर्न विगत केही वर्षदेखि वर्षेनी यो एक्स्पो गर्ने गरेको बताए । उनले नेपालमा फर्निचर व्यवसायी १० हजार, वार्षिक ४० अर्बको फर्निचर व्यापार र ४–५ भन्दा बढीले रोजगार पाएको दाबी गरे ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले फर्निचर जिवनपर्यान्त आवश्यक रहेको बताउँदै यस क्षेत्रमा फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुनखोजे पनि राज्यबाट सहयोग नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भने ‘स्थाइ सरकार आएपनि व्यारीलाई व्यापार गर्ने निती भने चित्त बुझ्दो छैन । बैंकले व्यारीलाई सहज तरिकाले कर्जा दिएको छैन यदी, दिएपनि व्याजदर घटाउनुपर्ने देखिन्छ ।’
एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहेको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित गरी १२० भन्दा बढी स्टलहरु रहेका छन् ।
FACEBOOK COMMENTS