काठमाडौं, आश्विन ८ – महानगरीय प्रहरी प्रभाग फर्पिङकी प्रमखु प्रहरी निरीक्षक (इन्सपेक्टर) अनु लामालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जिम्मेवारीबाट हटाएको छ । आर्थिक लेनदेनसम्बन्धी गुनासो आएपछि लामालाई जिम्मेवारीबाट हटाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले पुष्टि गरे ।
८ महिनाअघि लामालाई फर्पिङको जिम्मेवारी दिइएको थियो । हाल उनी महानगरीय प्रहरी कार्यालयमा छिन् । एक हप्ताअघि मात्र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख इन्स्पेक्टर भुपेन्द्र गिरीलाई विवादकै आशंकामा रानीपोखरी तानिएको थियो ।
FACEBOOK COMMENTS