काठमाण्डौँ — दैलेखमा कर्णाली प्रदेशस्तरीय उद्यम, कृषि, पर्यटन र औद्योगिक व्यापार मेला हुने भएको छ ।
यही फागुन २२ देखि चैत २ गतेसम्म मेला सञ्चालन हुने भएको छ ।
दैलेख उद्योग वाणिज्य संघ दैलेख र नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको संयूक्त आयोजनामा दैलेख महोत्सव–२०७५ हुने भएको हो ।
जिल्लाको पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसार गर्दै जिल्लाको औद्योगिक व्यापारमा टेवा पु¥याउन व्यापार मेलाले सहयोग गर्ने आयोजक दैलेख उद्योग वाणिज्य संघ दैलेखले जनाएको छ ।
महोत्सवमा जिल्लाका ११ वटै स्थानीय तहको साँस्कृतिक झलकहरू, स्थानीयदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनुका साथै स्थानीय उद्यमीले उत्पादन गरेको कृषिजन्य वस्तु प्रदर्शनीमा राखिने दैलेख उद्योग वाणिज्यसँग दैलेखका महासचिव राजेशकुमार हमालले बताए ।
— कारोबार
FACEBOOK COMMENTS