काठमाडौं,फाल्गुन १७- कोरोना महामारी पछि राजधानीमा महिला हस्तकला मेला आयोजना हुन लागेको छ ।
महिला उद्यमीको उत्पादन, हस्तकला सामाग्रीको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ महिला उद्यमी विकास समितिले यस्तो कार्यक्रमको आयोजना राखेको हो ।
उक्त आयोजना आगामी फागुन २२ गतेदेखि २४ गतेसम्म हुने जनाएको छ ।
आगामी फागुन २२ देखि २४ सम्म सञ्चालन हुने उक्त मेलामा ५० भन्दा बढि स्टल रहने छन् ।
मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्रीको प्रदर्शन गरिने छ ।
उपत्यकाका महिला उद्यमीले निर्माण गरेका हस्तकलाका सामाग्रीहरु मात्र प्रदर्शनमा राखिने महिला उद्यमी विकास समितिले जनाएको छ ।
यस्तै, नेपाल हस्तकला महासङ्घको आयोजनामै विसं २०७८ वैशाख ९ देखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा बृहत हस्तकला मेला आयोजना समेत हुन लागेको छ ।
FACEBOOK COMMENTS