काठमाण्डौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै कर्मचारी समायोजन सक्ने गरी गृहकार्य थालेको छ ।
समायोजन फाराम भरेका कर्मचारीको विवरण जाँच सुरु गरिएको जानकारी मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले दिए ।
संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन् ।
जसमा सरकारी सेवाका ७५ हजार ३ सय ६७ र अन्य सेवाका १ हजार ६ सय ६७ जना छन् ।
फाराम भरेका सबै कर्मचारीको विवरण जाँच सकिएलगत्तै समायोजनपत्र दिन सुरु गरिने अधिकारीले बताए ।
फाराम भरेका कर्मचारीको दरबन्दी भिडाउने, रुजु गर्ने, ज्येष्ठताको सूची बनाउने, नागरिकताको ठेगाना जाँच्नेलगायत काम भइरहेको उनले जानकारी दिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS