काठमाण्डौँ — काठमाडौं–तराई–मधेस द्रुतमार्गको ट्र्याक फराकिलो बनाउने क्रममा नेपाली सेनाले काटेका २५ करोड मूल्य बराबरका काठ बिक्री नहुने भएका छन् ।
जथाभावी काटिएका कारण ती काठ बिक्री हुन नसक्ने वन तथा वातावरण मन्त्रालयका अधिकारीको भनाइ छ ।
सेनाले २५ सामुदायिक वनका करिब १ लाख २५ हजार क्युबिक फिट काठ काटेको थियो ।
ती काठ दुई वर्षदेखि अलपत्र छन् ।
मन्त्रालयका अनुसार प्राविधिक हिसाबले गलत र अनुत्पादक ढंगले सेनाले काठ काटेको छ ।
द्रुतमार्गमा पर्ने मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको सामुदायिक वनका रूख कटान गरिएको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS