चलचित्र मारुनीबाट रजतपटमा पाइला टेकेकी नायिका हुन रेविका गुरुङ्ग । अभिनयमा डेब्यु भने उनले टीभिसीबाट गरेकी हुन् । केहि ¥याम्प सो, टीभीसी र म्युजिक भिडियो अभिनय गरेकी उनले चलचित्र मारुनी मार्फत ठूलो पर्दामा आएकी हुन् । हाल दोस्रो चलचित्र म मा मुख्य भूमिकामा आवद्ध रेविकासँग कर्पोरेट खबरले गरेको छोटो कुराकानी
चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
अभिनयमा मलाई सानैदेखि रुची थियो तर यस क्षेत्रमा आउँछु नै भन्ने थिएन् । केहि ¥याम्प सो, टीभीसी र म्युजिक भिडियो अभिनय गरे पछि मलाई मारुनीका लागि फिल्म निर्माता पुनम गौतमले अफर गर्नुभयो । मारुनीबाट दर्शकले मलाई मन पराइदिनुभएको छ । उहाँहरुको मायाको लागि आभारी छु ।
नेपाली फिल्ममा नयाँ कलाकार आउँने जाने क्रम चलिरहन्छ । एउटामा अभिनय गरेपछि हराउने गर्छन्, नि, यसलाई कसरी हेर्नुहुन्छ तपाई ?
नेपाली चलचित्र क्षेत्रमात्र होइन् सबैं क्षेत्रमा यस्तो छ तर म एक दुइवटा चलचित्र गरेर हराउन आएको होइन् । मेरो सानै देखिको रुचीको क्षेत्र पनि हो र अहिले सम्म मैले जति पनि काम गरे वा समय यस क्षेत्रमा विताए मैले एकदम रमाइलोसँग विताए । यस क्षेत्रमा खुसी छु र जव सम्म म यो क्षेत्रमा खुसी हुन्छु काम गरिरहन्छु ।
नेपाली फिल्ममा नयाँ कलाकार आउँने जाने क्रम चलिरहन्छ । एउटामा अभिनय गरेपछि हराउने गर्छन्, नि, यसलाई कसरी हेर्नुहुन्छ तपाई ?
नेपाली चलचित्र क्षेत्रमात्र होइन् सबैं क्षेत्रमा यस्तो छ तर म एक दुइवटा चलचित्र गरेर हराउन आएको होइन् । मेरो सानै देखिको रुचीको क्षेत्र पनि हो र अहिले सम्म मैले जति पनि काम गरे वा समय यस क्षेत्रमा विताए मैले एकदम रमाइलोसँग विताए । यस क्षेत्रमा खुसी छु र जव सम्म म यो क्षेत्रमा खुसी हुन्छु काम गरिरहन्छु ।
नेपाली चलचित्र क्षेत्रमा तपाईको आइडल कोहि हुनुहुन्छ ?
नेपाली चलचित्र क्षेत्रमा मेरो कोहि पनि आइडल कलाकार हुनुहुन्न । म आफुले आफैलाई आइडल मानेर अझ मिहिनेतका साथ अगाडी बढीरहेकी छु । म मेरो आमाबुवालाई नै आफ्नो आइडल मान्छु ।
यस क्षेत्रमा प्रवेश गर्न परिवारबाट कतिको सपोर्ट पाउनुभयो ?
मलाई यस क्षेत्रमा प्रवेश गर्न मेरो मम्मी बाबाले सधै सपोर्ट गर्नुभयो । उहाँहरु मलाई पढाईसँगै आफ्नो करियर पनि अगाडी बढाउ भन्नुहुन्छ । कामले गर्दा पढाईमा कुनै असर नगरोस् भन्ने उहाँहरुको चाहना छ । त्यसै अनुरुप अहिले म अध्ययन गर्दै पनि छु र चलचित्रमा पनि काम गर्दै छु ।
राम्रो फिल्म पाउन कलाकारले निकै संघर्ष गर्नुपर्छ । तपाईलाई कस्तो कठिनाई भोग्नुप¥यो ?
फिल्मी क्षेत्रमा आउन मैले खासै संघर्ष गर्नु परेन् । टिभिएसबाट छनोट भएपछि मैले कामहरु पाए । केहि विज्ञापन र म्युजिक भिडियोमा अभिनय गरे पश्चात नै मलाई मारुनीका लागि अफर आयो । चलचित्र क्षेत्रमा प्रवेश गरिसकेपछि भने केहि समय गाह्रो भयो । हामीले बाहिर देखेको जति सजिलो हुदैन् । तर परिवार तथा टिम मेम्मबरहरुको साथ र सहयोगले सहज बनाएको छ ।
मारुनी पछि दोस्रो चलचित्र म गर्दै हुनुहुन्छ । म को बारेमा केहि बताइदिनुहोस् न ?
मैले कान्तिपुर एकेडेमिबाट २० दिनको वर्कशप लिएको थिए । त्यहीबाट एकदिन म का लागि कल आयो । म को स्क्रिप्ट सुनें । मलाई फिल्मको स्क्रिप्ट मन प¥यो र अभिनयका लागि तयार भए । यो चलचित्रमा संजोग रसायलि,अनिल कंडेल र कुसुम गुरुङ्गसँग काम गरेकी छु । अहिले जाडोका कारण यस फिल्मको सुटिङ्ग रोकिएको छ । फागुन लागेपछि पुन सुटमा जान्छौं ।
–फोटोः कुबेर डंगोल
–मेकअप एड हेयर : फेसियल हाउस
FACEBOOK COMMENTS