बसन्त अर्याल
काठमाण्डौं– कपोरेट म्यागेजिनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौंका सल्लाहकार उज्जल जंग शाह र द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महरा माथि ‘साउथ इन्डियन फिल्मी’ शैलीमा आक्रमण भएको छ ।
उनिहरुले काठमाण्डौं मलमा भएको घोटलाको विषय उठाउदाँ नाटकिय रुपमा सांघातिक आक्रमण भएको हो ।
काठमाण्डौं मलका व्यवसायी प्रकाश कुमार श्रेष्ठ सहितको ग्याङले आक्रमण गरको फेसियल हाउसकी सञ्चालक समेत रहेकी घाइते सुषमा महराले बताएकी छन् ।
२०७६ वैशाख ३ गते मंगलबार बेलुकी ८ बजे उज्वल जंग शाह सिटिसी मलबाट नियमित व्याम गरी काठमाण्डौ मलमा श्रीमति शुषमा महरा र छोरालाई घर लिन आएका थिए । त्यसवखत प्रकाश कुमार श्रेष्ठ लागाएतको ग्याङले मलमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्दै बसेको महराले बताएकी छन् । फेसियल हाउस बन्द गरि ८ः३०मा काठमाण्डौ मलको चौथो तलाबाट झर्दै गर्दा आक्रमण गरेको उनले बताएकी हुन । आफुहरुमाथि योजना बद्ध आक्रमण भएको उनको दाबी छ ।
कसले के गरे ?
आक्रमण हुनुको भित्री रहस्य
द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराले आक्रमण हुनुका मुख्य दुई कारण भएको बताएकी छन् । पहिलो उनले सञ्चालन गरिरहेको फेसियल हाउस र रश्मिलाले सञ्चालनमा ल्याएको रश्मिला फेसियल हाउसको ब्राण्ड विवाद हो । प्रकाश कुमार श्रेष्ठ र रश्मिला श्रेष्ठ रश्मिला फेसियल हाउसका सञ्चालक हुन् । उनिहरुको विरुद्ध प्रहरीमा उजुरी गरेकी शुषमा महराले अब फेरी यस्तो काम नगर्ने सर्तमा कागज गराई प्रहरीले छाडेका थिए । तर अहिले पनि रश्मिला फेसियल हाउसले सुषमा महराको फेसियल हाउस यहि हो भन्दै ग्रहाक ढाट्ने गरेको र धेरै ठाउँमा ओरिजिनल ‘फेसियल हाउस’को सञ्चालक आफु भएको भन्ने गरेकी थिइन् । यो कुरा रश्मिलाको फेसबुकबाट पनि देख्न सकिन्छ । जसले सुषमा महरा र रश्मिलाबीच मनमुटाव हुने गरेको थियो ।
आक्रमण हुनुको अर्को मुख्य कारण काठमाण्डौं मलको सञ्चालन जिम्मा संचयकोषले लिएपछि काठमाण्डौं मलका बाहिरी टहरा खाली गर्न तथा मल भित्रका व्यपारीलाई हटाई कर्पोरेट अफिसहरु राख्ने योजना बनाएपछि सुषमा महराको नेतृत्वमा तदर्थ समिती गठन भयो । द काठमाण्डौं मल व्यपार संघ अध्यक्ष सुषमा महराले १५ वर्षको टेन्डर पारी आएका काठमाण्डौं मलका व्यवसायीलाई विना क्षतिपुर्ति हटाउन नमिल्ने भन्दै सञ्चय कोषमा समेत धर्ना दिएकी थिइन् । उनले काठमाण्डौं मलका व्यवसायीको हितमा आन्दोलन गर्दै गर्दा काठमाडौं मलका पुराना ठेकेदार प्रविर शमशेरले द काठमाण्डौं व्यापार संघ मार्फत साँढे १२ करोड भन्दा बढी रकम पाउनु पर्ने अदालतको निर्णयसहितको पत्र लिएर आएपछि काठमाण्डौं मलमा हंगामा फैलिएको थियो ।
२०७१ मंसीर ५ देखि द काठमाडौं मल व्यापार संघ र प्रविर शमसेर राणाबीच सम्झौता भई मलको भाडा द काठमाडौं मल व्यापार संघले कर्मचारी संचय कोषलाई बुझाउने सहमति भएको थियो जुन संचय कोषले समेत स्वीकार गरी सकेको थियो ।
तर व्यापार संघबाट सिधै संचयकोषमा भाडा बुझाउने सहमति भए पनि पनि २०७२ असोजसम्म १२ करोड ६२ लाख ६५ हजार रुपैयाँ कर्मचारी संचय कोषले रकम नलिएको भनी राणाबिरुद्ध मुद्दा पाटन अदालत मुद्दा हालेको थियो ।
२०७१ मंसीर ५ देखि २०७२ असोज १२ सम्म द काठमाडौं मल व्यापार संघले बाहाल बापत उठाएको तर संचय कोषलाई नदिएको १२ करोड ६२ लाख ६५ हजार संघबाट भराई पाउ भनी राणाले सुषमा महराको नामा पत्र काटेका थिए ।
मलका व्यपारीको समस्या समाधान गर्ने संघको नेतृत्व लिएकी सुषमा महरालाई प्रविर शमसेरको पत्रले अप्ठारोमा पार्यो र उनले कुनै पनि हालतमा संघको पुरानो हिसाव पनि पारदर्शी हुनुपर्ने अडान कायम गरेपछि संघको तदर्थ समितिमा भएका ९ जनाले सामुहिक राजिना दिए । महराले तत्कालीन संघका कोषाध्यक्ष प्रकाश थापाको नेतृत्वमा छानविन समिति बनाएकी थिइन् । थापाले कुनै रिपोर्ट दिएनन् र पुरानो हिसावको कुरा उठाउन नहुने बताएपछि विवाद वढ्दै जाँदा पुराना समितिका सबैले राजिनामा दिएका छन् ।
तर अध्यक्ष महराले पुरानो हिसाब नदेखाए सम्म राजिनामा पास नगर्ने अडान राख्दै आईन । उनले उक्त विवाद सिडियो कार्यलय, अख्तीयार लगाएत सरकारी निकायलाई पनि जानकारी गराएकी थिइन् । यहि कारणले आफुहरु माथि योजनाबद्ध आक्रमण भएको उज्जल जंग शाह र सुषमा महराले बताएका छन् ।
प्रहरीले घटना दवाउन खोजेको आरोप
सबैको शान्ती सुरक्षको जिम्मा लिएको प्रहरीले घटनालाई दवाउन हरदम प्रयास गरेको सुषमा महराको आरोप छ । आक्रमण भए पछि शुष्मा महराले प्रहरीलाई फोन गरि काठमाण्डौ मलमा बोलाएकी थिइन् । प्रहरीले प्रकाश कुमार श्रेष्ठ, रश्मीला श्रेष्ठ लगातलाई नियन्त्रणमा लियो भने केहिलाई त्यसै छाड्यो । सुषमाले आक्रमणकारीहरुले मादक पदार्थ सेवन गरेको भन्दै चेक गर्न डिएसपी वासुदेव खतिवडालाई म्यासेज पठाएकि थिइन् ।
प्रहरीले मापसे चेक त गरेन नै उल्टो प्रकाश कुमार श्रेष्ठ लगाएतका भाडाका गुण्डाले संघातिक आक्रमण परि घाइते भएका उज्वल जंग शाहलाई फरार भन्न भ्याए । उज्वल जंग शाहको घाँटीमा आक्रमण गरी उनले सुनको सिक्री समेत लगेका छन् । तर सुनको सिक्री लैजाने मान्छे यो हो भन्दा पनि प्रहरीले नसमाएर नेपाल प्रहरीको इज्यत नै फालेको शुष्मा महराले बताएकी छन् । यसले आक्रमण गर्यो भन्दै भिडियो देखाउँदा समेत समेत प्रहरीले उनीहरुलाई नसमाति उल्टो घटना दबाउन खोजेको उनको आरोप छ ।
आक्रमण परि उपचार गराइरहेका उज्वल जंग शाहलाई चौकी लैजाने र उक्त घटना मिलाउन प्रहरीले ठुलो प्रयास गर्यो तर सकेन । उपचाररत उज्जल जंग शाहले घटनालाई नाटकियरुपमा प्रस्तुत गर्नको लागि घटना भएको करिव ६ घण्टा पछि प्रकाश कुमार श्रेष्ठ र रश्मिला श्रेष्ठलाई हस्पिटल भर्ना गरेको बताएका छन् । उनले डिएसपी बासुदेव खतिवडा र इन्सपेक्टर भिम सिलवाल प्रकाश कुमार श्रेष्ठहरु संग मिली योजना घटनालाई दवाउन खोजेको आरोप लगाएका छन् । होइन भने घटना भएको ६ घण्टा पछि मात्रै प्रकाश कुमार श्रेष्ठ र रश्मिला श्रेष्ठ हस्पिटल भर्ना किन गरियो भन्दै प्रहरीका गतिविधीमाथि संका गरेका छन् ।
घटनाको विषयमा अनुसन्धान हुँदैः प्रहरी
प्रहरीले बैशाख ३ गते काठमाण्डौं मलमा भएको घटना छानविन भैरहेको बताएको छ । जनसेवाका डिएसपी वासुदेव खतिवडाले घटनाको प्रारम्भीक छानविन गरेका हुन् । बैशाख ३ गतेको घटनामा प्रहरीले एक तर्फि पक्ष पोषण गर्यो भन्ने आरोप छ नी भन्ने कर्पोरेटको प्रश्नमा डिएसपी खतिवडाले भने ‘ हामीले प्रारम्भीक घटनाको छानविन गरेका हौ । घटनाको दिन दुवै पक्षलाई सोधपुछ गर्नको लागि चौकी ल्याउन खोजेका थियौ तर उज्वल जंग शाह हस्पिटलमा भर्ना भएको कारण पूर्ण रुपमा सोधपुक्ष हुन सकेन । हाल घटनाको छानविन परिशरले गरिरहेको छ । छानविनमा पुर्ण सहयोग गर्छु । म कुनै पक्षको मात्र ओकालत गर्ने डिएसपी होईन।’ सुनको सिक्री यसले लगेको भन्दा पनि प्रहरीले प्रकाउ गरेन भन्ने छ नी भन्ने अर्को प्रश्न गर्दा डिएसपी खतिवडाले सिक्री लगे नलगेको छानविन पछि खुल्ने बताएका छन् । प्रकाश कुमार श्रेष्ठ र रमिला श्रेष्ठलाई ६ घण्टा पछिमात्र किन हस्पिटल भर्ना भन्ने प्रश्नमा उनले घटना भएपछि गम्भीर घाइते नभएको कारण प्रकाश कुमार श्रेष्ठलगाएतलाई चौकीमा सोधपुछको लागि लगेको र सोधपुछ पश्चात उहाँहरु ( प्रकाश कुमार श्रेष्ठ र रश्मिला श्रेष्ठ)लाई राति हस्पिटल भर्ना गरेको बताएका छन् ।
FACEBOOK COMMENTS