काठमाण्डौ – राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने मूल नाराका साथ १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।
यही पुस १३ गतेदेखि १९ गतेसम्म भृकुटी मण्डपमा फुटवेयर म्यानुफ्याक्चर्स एशोशियनशन अफ नेपालको आयोजनामा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो ।
नेपालमा भएका उद्योगहरुबाट उत्पादन भएका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु उपभोक्ताहरुले एउटै छानामुनि अवलोकन तथा छनौट गरी प्रतिपस्पर्धा मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्नु प्रदर्शनीको उद्देश्य रहेको छ ।
उद्योगहरुले आफ्ना उत्कृष्ठ उत्पादनहरुको प्रदर्शनी गरी उत्पादन तथा निकासी अभिबृद्धि गर्ने कार्यमा प्रदर्शनीबाट सहयोग पुग्ने पत्रकार सम्मेलनमा औद्योगिक प्रदर्शनीका संयोजक पौडेलले बताए ।
प्रदर्शनी १ लाख ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
प्रदर्शनी अवधिभर खरिद गरिएका जुत्ता चप्पल र वस्तुहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । शारीरिक अशक्तता तथा जेष्ठ नागरिकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रदशनी स्थलमा स्कूल तथा कलेजबाट अवलोकनका लागि यूनिर्फमा आउने विधार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था छ । राष्ट्रिय पोशाकमा आउनेलाई समेत निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाइएको छ ।
FACEBOOK COMMENTS