नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अभाव नभएको विज्ञप्ती मार्फत जनाएको छ । यसले अभावको अफ्वा चलाएर बजार भाउ बढाउने कालो बजारीयाहरुलाई निरुसाहीत गरेको छ । साथै आपत विपदमा साल्ट ट्रेडिङले आफनो जिम्मेवारी समेत पुरा गर्ने गरेको छ ।
कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको जनाएको हो । उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको कर्पोरेशनका विभागीय प्रमुख व्रजेशकुमार झाले करिब १० महिनालाई पुग्ने नुन लागायतका खाद्य बस्तुको मौज्दात रहेको जानकारी दिए । कर्पोरेशन सँग एक लाख ५८ हजार ५०० मेट्रिक टन नुन १० हजार मेट्रिक टन चिनी त्यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब तीन महिनाको माग धान्ने गरी देशभर २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको जनाएको छ । त्यस्तै दुर्गम तथा हिमाली जिल्लामा चार हजार १६ मेट्रिक टन चामल मौज्दात रहेको छ । कम्पनीले फागुन दोस्रो सातासम्म १९ हजार ५२२ मेट्रिक टन धान खरिद गरेको छ ।
कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुहरूको मूल्यवृद्धि गर्ने तथा मुनाफा कमाउने ढङ्गले बजारलाई प्रभावित पार्नेविरुद्ध सरकारले कठोररूपमा प्रस्तुत हुने जनाएको बेला साल्ट ट्रेडिङको विज्ञप्ती पछी कालाबजारी गर्नेहरु निरुसाहीत हुने देखिन्छ ।
FACEBOOK COMMENTS