Warning: Undefined array key 4 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 5 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 6 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 7 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 8 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 9 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 10 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 11 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
काठमाडौं, साउन २०। नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर रहेको छ। दैनिक नयाँ रेट कायम गर्दै आएको सुनको मूल्यले आज साताको दोस्रो दिन सोमबार पनि ऐतिहासिक मूल्य कायम गरेको छ। अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज एकैचोटी १५०० रुपैयाँले बढेर ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ।
त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। तेजाबी सुनको मूल्य पनि आइतबारको तुलनामा १५०० रुपैयाँले बढेको हो। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५८ हजार १३० रुपैयाँ काय गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५७ हजार ८७५ रुपैयाँ कायम गरेको छ।
त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेर ७९५ रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६८१ रुपैयाँ ५० पैसा कायम गरेको छ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजारमा पनि सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । ‘अमेरिका, चाइना लगायतका अन्तराष्ट्रिय बजारमा सुनमा लगानी बढेको छ।यसले गर्दा नेपाली बजारमा पनि प्रभाव परेको हो।’ अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश १ हजार ४७५ डलरमा कारोबार भएकोले आज नेपालमा सुनको भाउ बढेको हो ।
सुनको मूल्य बढेसँगै बजारमा सानो-सानो कारोबार गर्ने सुन पसलहरु बन्द देखिन थालेका छन् भने ठुला व्यापारीकोमा पुरानो सुन बेच्न आउनेको संख्या ह्वात्तै बढेको व्यापारीहरुले जानकारी दिए।
FACEBOOK COMMENTS