काठमाडौं, चैत १७ – फेरि कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रोग भेटिएको छ । ललितपुर महानगरपालिका–१४ नख्खुमा एक कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रोग भेटिएको हो ।
महानगरपालिका–१४ नख्खुमा एक कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसबाट नमुना संगकलन गरेको नमुनामा नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षण गर्दा हिजो सोमबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ । विभागले रोग नियन्त्रणका लागि ५ सय १६ हाँस, ८५४ स्थानीय कुखुरा, १ सय ५४ बट्टाई, ९ सय ४४ गोटा अण्डा र ३ सय ३५ किलोग्राम दाना नष्ट गरेको जनाएको छ ।
यसअघि गत माघमा काठमाडौंको तारकेश्वर नगरपालिकाको दुई पटक बर्ड प्mलु रोग देखिएको थियो । पहिलो पटक गतमाघमा वडा नं। ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको थियो । दोस्रो पटक डा नं १ स्थीत साङ्गलेखोला छापका किसान प्रलाद तामाङ्ग र उनका छोरा सुमन तामाङ्गले पालेको हाँस एवं कुखुरामा बर्ड प्mलु देखिएको थियो ।
FACEBOOK COMMENTS