काठमाडौं, १५ चैत – भेनुजुएलाका राष्ट्रपति निकोलस मदुरोको फेसबुक पेजमाथि फेसबुकले रोक लगाएको छ । कोभिड–१९ बारे गलत सूचना प्रवाह गरेको भन्दै फेसबुकले उनको पेजमा ३० दिनको रोक लगाएको हो ।
फेसबुकले राष्ट्रपति मदुरोको पेजमा कुनै पनि पोस्ट गर्न नमिल्ने गरी रोक लगाएको हो । फेसबुकका अनुसार पेज पढ्न मात्र मिल्छ ।
‘हामी विश्व स्वास्थ्य संगठनको निर्देशनलाई पालना गर्छौँ’, फेसबुकका प्रवक्ताले भनेका छन्, ‘बारम्बार हाम्रो नियम उल्लंघन गरेकाले ३० दिनका लागि पेजमा रोक लगाएका छौँ, यस अवधिमा पढ्न मात्र मिल्नेछ ।’
उनले बताएका उपाय भएको भिडियो समेत फेसबुकले पेजबाट हटाएको छ । सो भिडियोले सर्वसाधारणमा कोभिड–१९ बारे भ्रामक धारणा पैदा गर्ने र जोखिम हुने भन्दै भिडियो हटाइएको फेसबुकले बताएको छ ।
FACEBOOK COMMENTS