काठमाडौं, मङ्सिर ११ – फेसबुकले ‘ड्राइभस’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यो फिचरले चाहिएको मान्छेहरुका लागी खानेकुरा र कपडा संकलन गर्ने सामाजिक सञ्जाल बनाइदिने गर्दछ ।
यो फिचर अहिलेको अमेरिकामा मात्र उपलब्ध गराइएको छ । यसलाई फेसबुकको सर्चबारमा गएर क्मयुनिटी हेल्प भनेर टाइप गरेर प्राप्त गर्न सकिन्छ । त्यसपछि त्यहाँ गएर ‘रिक्वेस्ट वा अफर हेल्प’ भनेर सामान लिन या दिन सकिन्छ ।
त्यसपछि त्यहाँ एउटा फर्म आउँछ जसमा कुन खालको सामान चाहिएको हो र कति ओटा चाहिएको हो भनेर बताउनुपर्छ । त्यसपछि ट्रयाकरले त्यसको बारेमा अरु प्रयोगकर्ताहरु पनि देखाउँछ । यो फिचर चाँडैनै सबैको लागी उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS