काठमाण्डौं, असोज २८- वल्र्डलिंक कम्युनिकेशनल लिमिटेडले फेसबुकसँगको साझेदारी घोषणा गरेको छ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) रुपमा रहेको वल्र्डलिंकले आफ्नो प्रयोगकर्तालाई छिटो, किफायती र भरपर्दो वाईफाई सेवाका लागि फेसबुक कनेक्टिभीटी (जडान) गर्न साझेदारी घोषणा गरेको हो । साझेदारीसँगै ७ हजार ५ सय वाईफाई हटस्पट थप गर्ने योजना वल्र्डलिंकको छ ।
बल्र्डलिंकका अनुसार, एक्सप्रेस वाईफाइले वल्र्डलिंकलाई नेपालभर अवस्थित १० हजार वाईफाई हटस्पर्टमध्ये ७ हजार ५ सय वाईफाई हटस्पटलाई सहयोग र बलियो बनाउनेछ । अहिले वल्र्डलिंकले सन् २०१८ देखि १० हजार सार्वजनिक ठाउँमार्फत ५ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क वाईफाई सेवा दिईरहेकोमा अब ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई हुन लागेको हो ।
यो सेवाले निम्न वर्ग र कनेक्सन कम भएको ठाउँमा वाइफाइ सर्भिस सञ्चालन गर्न सहयोग गर्ने र यसलाई दीर्घकालिन योजनाका रुपमा अगाडि बढाउन फेसबुकसँग सहकार्य गरेको कम्पनीले जनाएको छ । सहकार्यसँगै बल्र्डलिंक नेपालभर सार्वजनिक क्षेत्रमा इन्टरनेट सेवाहरुको दिगो विस्तार गर्नका लागि अझ सबल बनेको छ । सन् २०३३ सम्ममा मुलुकमा ३० हजार ठाउँमा सार्वजनिक वाईफाइ सञ्चालन गर्ने योजना वल्र्डलिंकको छ ।
FACEBOOK COMMENTS