काठमाडौं– फेसियल हाउसकी सञ्चालक शुष्मा महरा राष्ट्रिय स्वर्ण नागरिक सम्मानबाट सम्मानित भएकी छिन् । वातावरण दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
काठमाडौं सरसफाई अभियानको उद्घाटन कार्यक्रममा वातावरण तथा नागरिक समाज क्षेत्रमा उनले पु¥याएको योगदान स्वरुप सम्मान गरिएको हो ।
वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र कृृषि, भुमि तथा सहकारि राज्यमन्त्री रामकुमारी चौधरीले संयुक्त रुपमा उक्त सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा मन्त्री बस्नेतले वातावरण जोगाउनु अहिलेको मुख्य चुनौती रहेको बताउँदै सवैलाई सक्रिय हुन आग्रह गरे । उनले भने, ‘आजको अवस्था आउने कुरा हाम्रा पूर्खाले सोचेका थिएनन् । आगामी ५० वर्षमा के हुन्छ त्यो चाहिँ हामीले अहिल्यै सोच्नुपर्छ ।’
भावी सन्ततीले अहिले हामीले पानीको बोतल बोके जसरी अक्सिजन बोक्नुपर्ने अवस्था आउनतर्फ उनले संकेत गरे । अभियान्ता महेश जंग कँुवरले वातावरण सवैको सरोकारको विषय रहेको बताउँदै ध्यान आकृष्ट गरेका थिए । उनले भने, ‘सामाजिक र राजनीतिक विषय भन्दा पनि वातावराण महत्वपूर्ण भइसकेको छ । त्यसैले हामीले वातावरण संरक्षणमा ध्यान पु¥याउन जरुरी छ ।’
FACEBOOK COMMENTS