फागुन २३,काठमाडौं । फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन”अवार्ड प्रदान गरिएको छ । शनिवार राष्ट्रिय नाचघरमा मोडल सङ्ग्स नेपालद्वारा आयोजित ’नेपाली कला,संस्कृति,सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’मोडल सङ्ग्स अवार्ड दोश्रो संस्करण २०२०’ को एक भव्य समारोहका बिच फेसियल हाउसलाई अवार्ड प्रदान गरिएको हो।
फेसियल हाउसका प्रवन्ध निर्देशक सुषमा महराले उक्त अवार्ड लिएकी थिईन । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठानको रुपमा स्थापित फेसियल हाउस समय सापेक्ष फेशनलेबल डिजाईन, मेकअप, ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात ब्यूटि सैलुन पनि हो ।
कार्यक्रमा फेसियल हाउस लगाएत विभिन्न विधामा २२ जना अवार्ड प्रदान गरिएको थियोे । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु सहित पूर्व सुचना तथा संचारमन्त्री तथा प्रतिनिधी सभा सदस्य डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।