काठमाण्डौँ — बेलायती एक कम्पनीले कम समयमै सजिलोसँग फोल्ड गर्न सकिने साईकल बजारमा ल्याएको छ ।
यसअघि बजारमा रहेको ‘ब्रम्प्सन बाइसाइकल’ कै रुप र आकारलाई थप मोडिफाइ गर्दै ‘गोसाईकल’ ले नयाँ साइकल उपभोक्ता माझ पस्केको हो ।
‘गोसाईकल जिएक्स’ नाम दिइएको यो एउटा पूर्ण विद्युतीय बाईसाईकल हो ।
यो साईकललाई एक पटक मात्र फोल्ड गरेपछि सजिलै जहाँसुकै पनि लान मिल्छ।
घर या कार्यालयको थोरै स्थानमा यसलाई पार्किङ गर्ने सकिने गरि डिजाइन गरिएको दाबी कम्पनीको छ।
निर्माता कम्पनीका अनुसार यो साईकललाई करीब २० माईलप्रतिघन्टा (एमपीएच) को अधिकतम बेगमा गुडाउन सकिन्छ।
यति मात्रै होइन, चार्ज सकिएको अवस्थामा पेडल पनि दिन मिल्ने खालको सुविधा छ।
— कान्तिपुर
FACEBOOK COMMENTS