काठमाडौं, कात्तिक १३ – फ्रान्सको नाइस सहरमा भएको चक्कु आक्रमणमा तीनजनाको मृत्यु भएको फ्रेन्च प्रहरीले बताएका छन । नाइसका मेयर क्रिस्टियन इस्टरोसीले सहरको मुख्य क्षेत्र नोट्रे-डामे बसिलिकाको घटनाको सबै कुराले ‘आतंककारी आक्रमण’ भएको संकेत गरेको बताएका छन् ।
उक्त आक्रमणमा एक महिलाको टाउको काटिएको प्रहरीले जानकारी दिएको छ । मेयर इस्टरोसीले यस घटनालाई ‘इस्लामोफासिज्म’ को संज्ञा दिएका छन् । उक्त घटना संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको छ ।
फ्रान्सको आतंकवादविरोधी अधिकारीहरुले घटनाको अनुसन्धान सुरु गरिसकेका छन् । आक्रमणकारीको संलग्न भएको आशंकामा नियन्त्रणमा लिने क्रममा ती व्यक्तिले निरन्तर ‘अल्लाह अकबर’ भन्दै चिच्याइरहेको मेयरले पत्रकारसँग बताएका छन् ।
आन्तरिक मामिला मन्त्री जेराल्ड डारमानिन्ले तत्लका आपतकालीन बैठक बोलाउने बताएका छन् । प्रधानमन्त्री जिन कासटेक्सले राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरेका छन् । बिहीबार मध्यरातिदेखि लागु हुने लकडाउनका विषयमा जानकारी दिन राष्ट्रिय सभामा उपस्थित प्रधानमन्त्रीले एक मिनेट मौन धारण गरेका हुन् ।
उनले भने, “बिना प्रश्न यो हाम्रो मुलुकका लागि निकै गम्भीर र नयाँ चुनौती हो । यसले मुलुकलाई नै तरंगित बनाउको छ । अब एकता र स्थिरताका साथ यसको सामना गर्न अपिल गर्दछु ।”
FACEBOOK COMMENTS