काठमाडौं, वैशाख ११ – नेपालमै पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) आजदेखि शुरू हुने भएको छ । आज हुने उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्ने भएका छन् ।
आज शनिबार साँझ ५ः३० बजे त्रिपुरेवरस्थित दशरथ रंगशालमा हुने खेलमा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानीमा रहेको ललितपुरबीच भीडन्त हुन लागेको हो । तर, कोभिड–१९ को बढ्दो संक्रमणको त्रासकाबीच खेल क्लोज डोरमा खेलाइने छ ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको एनएसएलमा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । खेल एपीवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने बताइएको छ ।
यो पनि पढ्नुहोस्– नेपाल सुपरलिगमा सहभागी टीम ‘एफसी चितवन’लाई डिशहोमको प्रायोजन
FACEBOOK COMMENTS