काठमाण्डौँ — बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटर अब पोखरामा उपलब्ध भएको छ ।
नेपालका लागि आधिकारीक बिक्रेता रमण मोटर्स प्रा।लि।ले पोखराका लागि स्टारजोन कम्पनी प्रा।लि।लाई आधिकारीक डिलर नियुक्ती गरेको छ ।
उक्त शोरुमको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले गरे ।
नेपालमा पहिलो पटक छ वर्ष वारेन्टी र ९ वटा फ्रि–सर्भिसका साथ प्रस्तुत रनर ब्राण्डका १०० सीसी देखि २५० सीसी सम्मका विभिन्न आकर्षक मोटरसाइकल तथा ११० सीसीको स्कुटरले पोखरामा पनि राम्रो बजार जमाउने रमण मोटर्स प्रा।लि।का जनरल म्यानेजर विनोद थापाले बताए ।
FACEBOOK COMMENTS