काठमाडौं – नेपालले मंगलबार बंगलादेशसँग पनि दोहोरो कर मुक्ति सम्झौता गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाकै उपस्थितीमा नेपाल र बंगलादेशबिच दोहोरो कर मुक्ति सम्झौता भएको हो ।
नेपालले यस अघि अन्य १० वटा देशसँग दोहोरो कर मुक्ति सम्झौता गरेको थियो।
नेपालले यस अघि चीन, भारत, कतार, दक्षिण कोरिया, पाकिस्तान, मौरिसस, अष्ट्रिया, श्रीलंका, नर्वे र थाईल्याण्डसँग दोहोरो कर उन्मुक्ति सम्झौता गरिसकेको छ ।
दोहोरो कर मुक्ति तथा वित्तिय छल निरोध सम्झौता अनुसार एक अर्को देशका लगानीकर्ताले अर्को देशमा लगानी गर्दा दुबै देशमा कर तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
आयकर ऐन, २०५८ को दफा ७३ मा “कुनै व्यक्तिको कुनै आयमा यस ऐन वा प्रचलित कानुन बमोजिम कर लाग्ने व्यवस्था भएको र सोही आयमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने त्यस्तो दोहोरो कर नलाग्ने गर्न नेपाल सरकारद्वारा विदेशी सरकारसित अन्तर्राष्ट्रिय सम्झौता गर्न सक्नेछ ।” भन्ने व्यवस्था छ ।
बंगलादेशसँग गरिने सम्झौताले नेपालमा बंगलादेशको लगानी भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । प्र
FACEBOOK COMMENTS