काठमाडौं । बंगलादेशले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ ।
आइतबार सम्पन्न पहिलो टी-२० खेलमा बंगलादेशले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको १११ रनको लक्ष्य पछाएको बंगलादेशले १५.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघियो पहिला ब्याटिंग गरेको पाकिस्तान १९.३ ओभरमा ११० रन बनाएर अल आउट भएको थियो ।
यो जितपछि बंगलादेशले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल मंगलबार खेल्ने तालिका रहेको छ ।
FACEBOOK COMMENTS