काठमाण्डौँ — विमानस्थल प्रयोगबापतको शुल्क लामो समयदेखि नबुझाएपछि सौर्य एयरलाइन्सको उडान रोक्का गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आन्तरिक उडान गर्ने सौर्य एअरलाइन्सको उडान बिहीबारदेखि रोक्का गरेको हो।
कम्पनीले विमानस्थललाई तीन करोड रुपैयाँभन्दा बढी बक्यौता तिरेको छैन।
‘बक्यौता रकम चुक्ता गर्न बारम्बार अल्टिमेटम दिदा पनि बक्यौता रकम चुक्ता नगरेपछि उडानै रोकेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।
उनका अनुसार यसअघि पनि सौर्यको उडान बेलाबेलामा एकदेखि डेढ घन्टा रोक्का गरिँदै आएको थियो।
बक्यौता रकमको कम्तीमा पनि २० देखि २५ प्रतिशत भुक्तानी नगरेसम्म उडान खुला नगरिने क्षेत्रीले बताए।
सौर्यले सिआरजे दुई सय सिरिजका ५० सिट क्षमतायुक्त एक थान जहाजमार्फत काठमाडौंबाट नेपालगन्ज, विराटनगर, भैरहवालगायत गन्तव्यमा दैनिक तीनदेखि चार उडान गर्दै आएको छ।
— नागरीक
FACEBOOK COMMENTS