काठमाडौं, जेठ ३० – उपत्यकाभित्र निषेधाज्ञाको समयमा बचत तथा ऋण सहकारी संस्था हप्तामा दुई दिन खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गर्दै यस्तो निर्णय गरेको हो ।
यो सँगै साताको आइतबार र बिहीबार बचत तथा ऋण सहकारी संस्थाहरू खोल्न पाइने छ । यसपटकको निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।
बैठकले १ असारबाट नयाँ शैक्षिकसत्र शुरू हुने भएकाले बिहान ११ बजेसम्म पुस्तक पसल खोल्न दिने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्दै आएका छन् ।
FACEBOOK COMMENTS