काठमाडौं, असोज १९ – बजाज मोटरसाइकलले ‘न्यूरोन’ नामबाट नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले न्यूरोनको प्याटेन्ड र ट्रेडमार्क दर्ताको निवेदन दर्ता गराएसँगै नयाँ मोटरसाइकल आउने भएको हो ।
केही दिनअघि होन्डाले हाइनेस सिबी ३५० सार्वजनिक गरेसँगै बजाजले नयाँ नाम दर्ता गराएको हो । कम्पनीले दर्ता गराएको न्यूरोन पूर्ण क्लासिक डिजाइनको हुने अनुमान सुरु गरिएको छ ।
पछिल्ला दिनमा भारतमा क्लासिक मोटरसाइकल उत्पादनले तिब्रता पाएको छ । रोयल इन्फिल्ड क्लासिक ३५०, जावा जस्ता मोडल क्लासिक लुक्समा उपलब्ध रहेको र यी मोटरसाइकलको बिक्री पनि निकै राम्रो रहेकाले बजाजले यो सेग्मेन्टमा प्रबेश गर्न लागेको हो ।
कम्पनीले ल्याउने ४०० सीसीभन्दा कम क्षमताको नयाँ मोटरसाइकलको बारेमा कम्पनीले कुनै आधिकारीक जानकारी दिएको छैन । यद्यपी नयाँ मोटरसाइकल बजाज एभेन्जरबाट प्रेरित हुने र यसमा डोमिनार ४०० मा प्रयोग भएको इन्जिन दिइने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS