काठमाडौं । बजारमा कोरोनाको खोप अबैध रुपमा बिक्रि हुँदै गरेकोप्रति राष्ट्रिय उपभोक्ता मंचले विज्ञप्ति जारी गरेको छ । मंचका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी बिज्ञप्तिमा लुकीछिपी रु. ३ हजार देखि ५ हजार सम्ममा कोरोनाको खोप बिक्रि बितरण भईरहेको गोप्य सूचना मन्चलाइ प्राप्त भएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
उपभोक्ता मंचले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोविशिल्डको बजारमा बिक्रि भई रहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ ।’
मंचले सर्वसाधारण जनताको जनस्वास्थ्य माथि खेलवाड गर्ने गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्दै तत्काल सरकारको सम्बन्धीत निकायबाट अध्ययन, अनुसन्धान तथा छानविन गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने वा मानव स्वास्थ्यमा खेलवाड गर्नेहरु बिरुध्द कडा भन्दा कडा कारवाही गरी पाउन अनुरोध गरेको छ ।