अहिलेको अवस्थामा कार्यान्वयनको पाटो एकदमै कठिन छ
राजेन्द्र मल्ल | अध्यक्ष , नेपाल चेम्बर अफ कर्मस
सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ भने १० खर्ब २४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ । अहिलेको अवस्थामा कार्यान्वनको पाटो एकदमै कठिन छ । चालु बर्षमै पनि सरकारले बजेटको आकार र राजस्व उठौती लक्ष्य दुई पटक संसोधन गरेर घटायो । अहिले हामी कोभिड १९ को महामारीमै छौं र उध्योग व्यवसाय लगायत पर्यटन क्षेत्र धरायसिमा छन।यस्तो अवस्थामा अहिले सरकारले राखेको राजस्वको लक्ष्य भेटाउन एकदमै कठिन छ ।
बजेटले नेपाल चेम्बर अफ कमर्सले दिएका धेरै पक्षहरु समावेश गरेको छ । तर यो चुनावी सरकार हो । विगतमा बर्षमा जस्तो स्थिर सरकार र कोरोना महामारी नभएको भए केही हदसम्म राम्रो छ । तर चुनावी सरकार भएका कारण कसरी कार्यान्वयनमा लैजान्छ त्यो हेर्नु जरुरी छ । बजेटले जीडीपी वृद्धिदर साढे ६ प्रतिशतको लक्ष्य राखेको छ । कोरोना महामारीको अवस्थामा त्यो हासिल गर्न सकिँदैनकि भन्ने चिन्तामा छौं । किनकि हामी सामान्य अवस्थामा हैन विषम परिस्थितिमा छौं ।
अर्थतन्त्र चलायमान बनाउन बजेटमा पुनरुत्थानका कार्यक्रम आएको छ
भवानी राणाले | निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
कोरोना विरुद्धको खोप सबैलाई लगाउने, यसका लागि बजेट दोब्बर बनाएर २७ अर्ब रुपैयाँ पुर्याउनु सकारात्मक पक्ष हो । अर्थतन्त्र चलायमान बनाउन बजेटमा पुनरुत्थानका कार्यक्रम आएको छ । पर्यटन क्षेत्रलाई राहतका साथै होटललाई उत्पादनमूलक उद्योगका रुपमा मान्यता दिनु बजेटको सकारात्मक पक्ष हो । आन्तरिक पर्यटन प्रर्वद्र्धन गर्न १० दिन पर्यटन विदा दिने व्यवस्थाले पर्यटन क्षेत्र उथानका लागि केहि भुमिका खेल्छ ।
यसैगरी स्टार्टअप व्यवसाय सञ्चालनका लागि (सीड मनी) दिने व्यवस्था, संरक्षित क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लगायतका विषयवस्तु राम्रो छ् । तर बजेट जति राम्रो छ कार्यन्वयनमा पनि जटिल अव्सथा छ ।
आन्तरिक उद्योगलाई प्रवद्र्धनका कार्यक्रममा बजेट केन्द्रित रहेको छ
चन्द्रप्रसाद ढकाल | वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
निकै प्रतिकूल समयमा बजेट आएको छ । बजेट धेरै क्षेत्रलाई समेट्ने प्रयास गरेको छ । कोभिड नियन्त्रण, खोप तथा औषधी उपचार, राहत तथा आर्थिक पुनरुत्थान, स्वास्थ्य पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ । यसैगरी कृषिको व्यवसायिकरण तथा यान्त्रिकरण, सडक तथा पूर्वाधार विकासलाई प्राथमिकता दिनुका साथै स्टाटअप व्यवसायलाई सहुलियत ऋणको व्यवस्था गरिएको छ ।
आन्तरिक उद्योगलाई प्रवद्र्धनका कार्यक्रममा बजेट केन्द्रित रहेको छ । निजी क्षेत्रसँगको सहकार्यमा बन्द रहेका सार्वजनिक संस्थान सञ्चालन, पर्यटन पूर्वाधार विकास गर्ने कार्यक्रमहरु ल्याएको छ भने पर्यटन व्यवसायलाई अन्य उत्पादनमूलक उद्योग सरह सुविधा दिइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ लाख नयाँ रोजगारी सृजना गर्ने उद्घोष गरिएको छ । बजेटले हामीले सुझाव दिएका सबै माग सम्बोधन गरेको छ । मुख्य कुरा यसको कार्यान्वयन को हो । बजेटमा रहेका धेरै जसो कार्यक्रमहरु कार्यान्वयन भएमा समग्रमा बजेट राम्रो छ ।
कोभिड विरुद्धको खोप खरिद गर्न जुन रकम विनियोजन गरिएको छ त्यसले धान्दैन
उमेश लाल श्रेष्ठ | पूर्व उपाध्यक्ष, नेपालल उद्योग वाणिज्य महासंघ
समग्रमा बजेट ठिक छ । बजेटले सबैभन्दा बढी देशको स्वास्थ्य क्षेत्रलाई मजबुद बनाउन खोजेको देखिन्छ । तर कोभिड विरुद्धको खोप खरिद गर्न जुन रकम विनियोजन गरिएको छ त्यसले धान्दैन ।
अर्को कुरा निजी क्षेत्रले माग गरेका पर्यटन क्षेत्रका धेरै विषय सम्बोधन भएको छ । यसैगरी कृषि क्षेत्रमा पनि सरकारले राम्रो ध्यान दिएको छ । यसले निजी क्षेत्रलाई कृषिमा लाग्न प्रेरित गरेको देखिन्छ । बजेट अलि विरणमुखी छ तर कुन चाहिँ सरकारले चुनावको समयमा वितरण मुखी बजेट ल्याउँदैन र ?
सरकारले कुल बजेटको ६० प्रतिशतभन्दा बढी रकम राजस्वबाट उठाउने लक्ष्य लिएको छ । तर त्यो कति सम्भव छ यो सोचनीय विषय हो । तर अहिले हामी कोरोना महामारीको विषय परिस्थितीमा छौ । यस्तो अवस्थामा सरकारले आफ्नो साधारणखर्च कटौती गर्नु पर्दथ्यो । यसमा त्यति धेरै ध्यान नदिएको देखियो । समग्रमा सरकारले राम्रो बजेट ल्याएको छ यसलाई निजी क्षेत्रले हार्दिकताका साथ स्वागत गर्नु पर्छ । तर हामी सधै कार्यान्वयन पक्षमा चुक्दै आएका छौं । यसमा निजी क्षेत्रले खवरदारी गर्नु जरुरी छ ।
यसैगरी बजेटले साढे २ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनेको छ । यसले बजारमा तरलता अभाव हुन सक्छ । यस विषयमा सरकार र निजीक्षेत्र सँगै बसेर समस्याको समाधान गर्नु जरुरी छ । यसलाई कार्यान्वयन गर्ने मौद्रिक नीतिले हो । बजेट कार्यान्वयनमा गर्न सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउन पहल गर्नु जरुरी छ ।
FACEBOOK COMMENTS