काठमाण्डौँ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका स्थित कमाने क्षेत्रमा बर्डफ्लु भेटिएका क्षेत्रका कुखुराहरु नष्ट गर्न सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा स्थानीय किसानहरुसँग क्षतिपूर्ति निर्धारणको विषयमा सहमति जुटाएर कुखुरा नष्ट गर्न सुरु गरिएको टोलीका प्रमुख डा। रामकुमार कार्कीले बताए ।
शनिबार अपराह्नसम्म ८ वटा खोरका १० हजार कुखुरा नष्ट गरेर सुरक्षित साथ गाडेर पुर्ने काम गरिएको उनले बताए ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरबाट खटिएको २१ जना प्राविधिक टोलीले तीन भागमा विभाजन गरेर त्यसक्षेत्रमा कुखरा नष्ट गरिरहेका छन् ।
उनले सोमबारसम्ममा कुखुरा मारेर सकाउने तयारी रहेको बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS