काठमाण्डौं – बर्ड फ्लू रोग संक्रमणका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५० हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ।
बर्ड फ्लु प्रभावित क्षेत्रका २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो।
बर्ड फ्लु प्रभावित क्षेत्रमा ४८ वटा पोल्ट्री फार्म रहेकोमा हेटौंडाको वडा नम्बर ६, ७, १६, १७ लगायतका स्थानका कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो।
बर्ड फ्लु रोग नियन्त्रण जिल्ला प्राविधिक समिति मकवानपुरको बैठकको निर्णय अनुसार चैत्र ४ गतेदेखि कुखुरा, अण्डा र दाना नष्ट गरिएको समितिका अध्यक्ष एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।
जिल्लामा बर्ड फ्लू फैलिएको विषयलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रणको थप प्रयास भइरहेको उनले बताए।

उनका अनुसार हेटौंडा उपमहानगरपालिकाको हटिया र कमानेमा बर्डफ्लूको संक्रमित थप कुखुरा, अण्डा र दाना नष्ट गरिएको छ।

– नागरीक