काठमाडौं । भारतीय सुपरहिट धारावाहिकका निर्माता तथा निर्देशक ८० वर्षीय अभिनेता धीरज कुमारको निधन भएको छ ।
उनले मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा अन्तिम सास फेरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
धीरज कुमारलाई निमोनियाका कारण शनिबार अस्पतालमा भर्ना गरिएको थियो र उनलाई गम्भीर अवस्थामा भेन्टिलेटरमा राखिएको थियो ।
धीरज कुमारले १९६० को दशकमा एक प्रसिद्ध पत्रिकाद्वारा आयोजित प्रतिभा खोज प्रतियोगितामा भाग लिएपछि अभिनयको दुनियाँमा प्रवेश गरेका थिए ।
उनले ‘उधर का सिन्दूर’, ‘सरगम’, ‘रोटी कपडा और मकान’, ‘स्वामी’, ‘रातों का राजा’, ‘हीरा पन्ना’, ‘क्रांति’, ‘माङ भरो सजना’, ‘पुराण मन्दिर’, ‘कर्म युद्ध’, ‘बहुरूप’ जस्ता धेरै फिल्ममा काम गरेका थिए ।
हिन्दी फिल्ममा काम गर्नुअघि धीरज कुमारले २० भन्दा बढी पञ्जाबी फिल्ममा काम गरिसकेका थिए ।
१९८६ मा धीरज कुमारले आफ्नो उत्पादन कम्पनी ‘क्रिएटिभ आई’ स्थापना गरे । यस कम्पनी मार्फत धेरै चलचित्रका अलावा लोकप्रिय पौराणिक धारावाहिकहरू बनाएका थिए ।
FACEBOOK COMMENTS