मदन तिमल्सेना
साउन ७ श्रावण -राष्ट्रिय युवा संघ तनहुँका संयोजक इश्वर बस्यालले पहिरोमा परेर घाइते ऋषिङ गाउपालिका ८ पल्ट्याङकि ज्योति माया थापालाई गण्डकी मेडिकल कलेजमा गएर उपचारको लागि नगद रकम दिई सहयोग गरेका छन् । विरामीको अवस्थाको बारेमा डाक्टरसंग भेटघाट गरि बिरामीको जानकारी लिएका थिए। असारको २९ गते पहिरोमा परि थापाका दुई छोरा, दुई बुहारी र एक नातिको ज्यान गएको थियो । बस्यालले यस्तो आपत विपतको बेलामा तनहुँमा बाढी पहिरोले धेरैको ज्यान र भौतिक क्षेति पुराएको र घाइतेको लागि केही सहयोग गर्न पर्छ भने लागेर सहयोग गरेको बताए । साथै पुननिर्माणमा राष्ट्रिय युवा संघ तनहुँले पनि सहयोग गर्ने समेत जानकारी दिए।
FACEBOOK COMMENTS