काठमाडौँ, भदौ ३१ – नेपालका दुई हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली जहाजमार्फत काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार टोली बिहान करिब ११ बजे काठमाडौं आइपुगेको हो ।
उनीहरूलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको थियो ।
टोली पुगेको टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती सहभागी छन् । टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ ।
FACEBOOK COMMENTS