काठमाडौँ, फागुन २१ – चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले रेडमी नोट १० सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नोट सिरिज अन्तर्गत नोट १०, नोट १० एस, नोट १० प्रो र नोट १० फाइभजी गरी ४ फरक मोडल सार्वजनिक गरेको हो ।
यसअघि भित्रिएका नोट सिरिजभन्दा हाइ-इन्ड फिचरका साथ याे सिरिज बजारमा भित्रिएकाे छ । यी मोडलमध्ये नोट १० प्रो आकर्षणको केन्द्रविन्दु रहेको छ । ६.६७ इन्च १०८० पी ओएलईडी डिस्प्लेका साथ सार्वजनिक भएकाे त्यसमध्ये नोट १० प्रोमा १२० हर्जकाे रिफ्रेस रेट रहेको छ ।
याे स्मार्टफाेनमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा रहेको छ । त्यस्तै ८ मेगा पिक्सेलको अल्ट्रावाइड, ५ मेगापिक्सेलको टेली म्याक्रो र २ मेगा पिक्सेलको डेप्थ सेन्सर दिइएकाे छ । फोनमा सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा सेटअप छ ।
स्न्यापड्रयागन ७३२ प्रोसेसरका साथ आएको फोन ६ जीबी र ८ जीब र्याम र ६४ जबी र १२८ जीबी रोम भेरियन्टमा भित्रिएको छ । फोनमा ५०२० एमएएचको ब्याट्री रहेको छ । फास्ट चार्जिङका लागि फोनमा ३३ वाटको चार्जिङ सिस्टम रहेको छ ।
पावर बटनमै फिङ्गरप्रिन्ट सेन्सर उपलब्ध फोनमा विशेष छुटेको भनेको वायरलेस चार्जिङ हो । अन्य धेरै कम्पनीले वायरलेस चार्जिङ प्रयोगमा ल्याइसकेको भएतापनि साओमीले नयाँ फोनमा उक्त प्रविधि प्रयोगमा ल्याउन सकेन ।
सार्वजनिक भएका अन्य स्मार्टफोनमध्ये नोट १० फाइभजीमा डाइमेन्सिटी ७०० प्रोसेसर रहेको छ । भने, नोट १० मा स्न्यापड्रागन ६७८ प्रोसेसर रहेको छ । यी दुवै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।
त्यस्तै क्रमश: ८ र १३ मेगापिक्सेलको सेल्फी क्यामेरा सेटअप दिइएकाे छ ।
यी फोन ४ जीबी र ६ जीबी र्याम अप्सनमा उपलब्ध रहेको छ ।
त्यस्तै हेलियो जी९५ प्रोसेसर रहेको अर्को फोन नोट १० एसमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने सेल्फीको लागि १३ मेगापिक्सेलको क्यामेरा रहेको छ ।
५००० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा फास्ट चार्जिङका लागि ३३ वार्ट चार्जिङ सिस्टम रहेको छ । यो फोन ६ जीबी र ८ जीबी र्याम अनी ६४ र १२८ जबी रोम भेरियन्टमा आएको छ ।
बजार मूल्य
नोट १० फाइभजी नोट १० नोट १० एस नोट १० प्रो ४+६४ जीबी: १९९ डलर
४+१२८ जीबी: २२९ डलर४+६४ जीबी: १९९ डलर
४+१२८ जीबी: २२९ डलर६+६४ जीबी: २२९ डलर
६+१२८ जीबी: २४९ डलर
८+१२८ जीबी: २७९ डलर६+६४ जीबी: २७९ डलर
६+१२८ जीबी: २९९ डलर
८+१२८ जीबी: ३२९ डलर
FACEBOOK COMMENTS