काठमाण्डौँ — बाँकेका इँटा उद्योगले इँटाको मूल्यमा वृद्धि गरेका छन्।
कच्चा पदार्थ मूल्य बढेसँगै इँटाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन्।
इँटाको नयाँ मूल्य फागुन १ गतेबाट लागू हुने गरी वृद्धि गरिएको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जियानुल खाँनले जानकारी दिए।
‘‘कच्चा पदार्थको मूल्य व्यवसायीले थेग्नै नसक्ने गरी बढिरहेको छ।
इँटाका लागि नभई नहुने पत्थर कोइला, माटो, बालुवा सबैको मूल्य निकै चुलिएको छ।
कर्मचारीको पारिश्रमिक पनि बढिरहेको अध्यक्ष खाँनले बताए ।
उनका अनुसार रु नौदेखि रु १० सम्म मूल्य रहेको दुई नं लालपेटी र खञ्जडको मूल्य प्रतिगोटा रु ११ कायम गरिएको छ, भने अब्बल इँटा प्रतिगोटा रु १५ कायम गरिएको छ।
— नागरीक
FACEBOOK COMMENTS