काठमाडौं, भदौ २२ – बाँकेको नेपालगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो। उनलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो।
उनमा भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो। भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेकोमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।
FACEBOOK COMMENTS