काठमाण्डौँ — बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा लगानी गर्ने क्रम बढेको छ ।
उद्योगका लागि राम्रो वातावरण बन्दै गएकोले चालू आर्थिक वर्षको ६ महिनाको अवधीमा मात्र बाँकेमा १ अर्ब २९ लाख ५१ हजार रुपैयाँ लगानी गरिएको पाइएको छ ।
सो अवधीमा ५ सय ५२ वटा साना तथा घरेलु उद्योगहरू थपिएको जनाउँदै ती उद्योगमा १ अर्बभन्दा बढी लगानी गरिएको घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख प्रशिक्षक ऋषिराम पोखरेलका अनुसार चालू आर्थिक वर्षमा उत्साहजनक रूपमा जिल्लामा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।
— कारोबार
FACEBOOK COMMENTS