काठमाण्डौँ — उद्योगी व्यवसायीहरूले बाँके जिल्लालाई पश्चिम नेपालकै प्रमुख औद्योगिक हब र राजधानी बनाउन सरकारसँग गर्दै आएको मागलाई सरकारले बेवास्ता गरेको आरोप उनीहरूले लगाएका छन् ।
नेपालगन्जलाई औद्यौगिक राजधानी बनाउनका लागि त्यहाँ आयोजना गरिएको आर्थिक बहस कार्यक्रममा सहभागि भएका जिल्लाका अधिकांश उद्योगी व्यवसायीले गुनासो गर्दै माग पूरा गराउन दबाबमूलक अभियान थाल्नुपर्नेमा जोड दिए ।
सुख्खा बन्दरगाह, एकीकृत चेक पोष्ट, नौबस्ता औद्योगिक क्षेत्र र अन्तर्राष्ट्रिय हवाई उडान सबै अलपत्र पारेर सरकारले बेवास्ता गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।
उनले आर्थिक हबका लागि ती सबै संरचना आवश्यक रहेपनि सरकारले उनीहरूको निर्माणमा ढिलासुस्ती र बेवास्ता गर्दै आएको बताए ।
— कारोबार
FACEBOOK COMMENTS