काठमाडौं, मंसिर २३ – अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनित गरेको अमेरिकी सन्चार माध्यमहरुले जनाएका छन् ।
यसको औपचारिक घोषणा भने आगामी क्रिसमस अघि मात्र गरिने बाइडनका सहयोगीहरुले बताएका छन् ।अमेरिकी सेनाका अवकाशप्राप्त जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए ।
सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो अश्वेत अमेरिकी हुने छन् ।बाइडनले यसअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार सहित स्वास्थ्य टोली र ह्वाइट हाउसका वरिष्ट सल्लाहकारहरुको टोली घोषणा गरिसकेका छन् ।
FACEBOOK COMMENTS